माओवादीको घोषणापत्रः कार्यकारी निर्वाचित राष्ट्रपति, जननिर्वाचित प्रदेश प्रमुख [पूर्णपाठ]

32

काठमाडौँ, १४ कात्तिक । नेकपा (माओवादी केन्द्र)ले आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार आयोजित कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

कृषि क्षेत्रको रूपान्तरण, जलविद्युत्, स्वास्थ्य, शिक्षालगायत विषयवस्तुलाई प्राथमिकतामा राखेको माओवादी केन्द्रले जनाएको छ ।

माओवादी केन्द्रको पहलमा देशमा लोडसेडिङ अन्त्य गरेको दाबी गरेको छ । माओवादी केन्द्र र नेकपा (एमाले)बीच २०७४ सालमा नेकपा बनेको र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेका कारण पाँच दलीय गठबन्धन बनेको दाबी गरेको छ ।

घोषणापत्रमा माओवादीले स्थिर राजनीतिका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति अघि सारेको छ । माओवादीले घोषणापत्रमा संघमा ५१ प्रतिशत मतद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र राष्ट्रपतिद्वारा गठित मन्त्रिमण्डल रहने व्यवस्था उल्लेख गरेको छ । उसले संसद् मुलतः विधायन क्षेत्रमा केन्द्रित हुने व्यवस्था गरिने प्रतिवद्धता गरेको छ ।

प्रदेशमा पनि संघमा जस्तै प्रत्यक्ष निर्वाचित प्रदेश प्रमुख र प्रदेश प्रमुखद्वारा गठित मन्त्रिमण्डल रहने र विधायन क्षेत्रमा मात्र केन्द्रित हुने प्रदेशसभाको गठन गरिने उल्लेख गरिएको छ ।

१६५ सिटको प्रतिनिधिसभा र ५५ सिटको राष्ट्रियसभा भएको संघीय संसद् र समग्रमा ३३० सिटको प्रदेशसभा हुने उल्लेख छ ।

संघमा २५ जनालाई नबढाइ र सम्बन्धित प्रदेशसभामा कुल सांसद संख्याको १५ प्रतिशतमा नबढाइ सानो आकारको मन्त्रिमण्डल गठन गर्ने व्यवस्था गरिने छ ।

माओवादीले विसं २०४७ पछि सार्वजनिक पदमा रहेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्ने विषयलाई पनि प्रतिवद्धतापत्रमा समावेश गरेको छ ।

हेर्नुहोस् माओवादी केन्द्रको प्रतिवद्धता पत्र

Share This:
सम्बन्धित खबर
Loading...