राति फोहोर फाल्नेमाथि महानगरको कारबाही, तीन महिनामा ४ लाख रूपैयाँ जरिबाना संकलन

18

काठमाडौँ, ७ कात्तिक । काठमाडौँ महानगरपालिकाले सडक तथा नदी किनाराजस्ता सार्वजनिकस्थलमा फोहोर फाल्नेलाई कारबाही गरी पछिल्लो तीन महिनामा ४ लाख रूपैयाँ जरिबाना संकलन गरेको छ ।

घरको फोहोर राति लगेर सार्वजनिक ठाउँमा फाल्नेलाई कारबाही गरी ४ लाख ५०० रूपैयाँ जरिबाना रकम संकलन गरेको महानगरपालिकाले जनाएको छ ।

वातावरण र कृषि विभागले गरेको अनुगमनका क्रममा साउन महिनमा एक लाख ५२ हजार ५०० रूपैयाँ, भदौ महिनामा ९९ हजार ५०० रूपैयाँ र असोज महिनामा १ लाख ४८ हजार ५०० रूपैयाँ संकलन भएको नगर प्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्टले जानकारी दिए ।

फोहोरको मात्रा र प्रकृतिअनुसार कम्तीमा एकहजार रूपैयाँदेखि बढीमा २५ हजार रूपैयाँसम्म जरिबाना रकम तोक्ने गरिएको उनले बताए ।

कतिपयले राति गाडीमै फोहोर लगेर सार्वजनिक ठाउँमा फालने गरेको पाइएको महानगरले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...