घरेलु मैदानमा बार्सिलानाको सहज जित

35

काठमाडौँ, ७ सोमबार । ला लिगा फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले एथलेटिक क्लबलाई ४-० ले पराजित गरेको छ ।

घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन औसमाने डेम्बेले, सर्जियो रोबार्टो, रोबार्टो लेवान्डोस्की र फेरान टोरेसले एक एक गोल गरे ।

पहिलो हाफमा तीन गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा एक मात्रै गोल गरेको थियो ।

जितसँगै बार्सिलोना ११ खेलबाट २८ अंकसहित दोस्रो स्थानमा छ । समान खेलबाट ३१ अंकसहित रियल मड्रिड शीर्ष स्थानमा छ । एथलेटिक समान खेलबाट १८ अंकसहित छैटौँ स्थानमा छ ।

Share This:
सम्बन्धित खबर
Loading...