काठमाडौँ–६ लाई नमुना बनाउने छु : सर्वेन्द्र खनाल

44

काठमाडौँ, ५ कात्तिक । नेकपा (एमाले)को तर्फबाट काठमाडौँ–६ का प्रतिनिधिसभा उम्मेदवार सर्वेन्द्र खनालले चुनावी अभियान आक्रामक बनाएका छन् ।

शुक्रबार बिहान वडा नम्बर २६ मा भएको मतदातासँगको अन्तरक्रिया कार्यक्रममा काठमाडौँ– ६ लाई नमुना बनाउने बताएका छन् ।

“यत्तिका समय प्रहरीमा रहेर देश र जनताको सेवा गरेँ, अब तपाईंहररुका प्रतिनिधि भएर सेवा गर्ने मौका दिनुहोस् । प्रतिनिधिसभामा तपाईंहरुको शिर उचो बनाउने छु, यहाँका समस्या समाधानका लागि सार्थक पहल गर्ने छु ,” खनालले भने ।

कार्यक्रममा प्रदेशसभा सदस्य उम्मेदवार निरेशलाई सिंहले एमालेले जनतालाई सदैव माथि राखेको र काठमाडौँको विकास केपी शर्मा ओली नेतृत्वको सरकारले उचाइमा पुर्‍याएको बताए ।

खनाल दिनहुँ मतदातासँग अन्तरक्रिया र भेटघाट गरिरहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...