माओवादी दोलखा इन्चार्जबाट देवी खड्काले दिइन् राजीनामा

67

काठमाडौँ, ३ कात्तिक । नेकपा (माओवादी केन्द्र)की दोलखा इन्चार्ज देवी खड्काले आफ्नो जिम्मेवारीबाट राजीनामा दिएकी छन् ।

लामो समय दोलखाको अध्यक्ष र इन्चार्ज भइसकेकाले जिम्मेवारीबाट अलग भएको खड्काले बताइन् ।

“२०५९ सालमा दोलखाको पार्टी सचिव भएदेखि अहिलेसम्म यही जिम्मेवारीमा छु । बीचमा केही समय मात्रै अन्य जिम्मेवारीमा रहेर काम गरेको हो,” उनले भनिन्, “स्वास्थ्यले पनि साथ दिएको छैन । त्यसैले यो जिम्मेवारीमा बस्दिनँ भनेर राजीनामा दिएको हो । पार्टी छोडेको होइन ।”

२०६४ को संविभानसभामा खड्का दोलखाबाट निर्वाचित भएकी थिइन् । उनी केही समय राज्यमन्त्रीसमेत भएकी थिइन् ।

यसपटक उनी दोलखाबाट उम्मेदवारको आकांक्षी थिइन् । गठबन्धनको तर्फबाट दोलखा माओवादीको भागमा परेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...