एकीकृत समाजवादीकी केन्द्रीय सदस्य रिता रावल एमालेमा प्रवेश

105

काठमाडौँ, १ कात्तिक । नेकपा (एकीकृत समाजवादी)की केन्द्रीय सदस्य तथा समानुपातिकतर्फकी प्रतिनिधिसभा सदस्य उम्मेदवार रिता रावल नेकपा (एमाले)मा प्रवेश गरेकी छन् ।

अध्यक्ष केपी शर्मा ओलीले नेतृ रावललाई सोमबार साँझ बालकोटमा आयोजित एक कार्यक्रमबीच उनलाई एमाले प्रवेश गरेका हुन् । नेतृ रावल संविधानसभाकी सदस्यसमेत हुन् ।

एकीकृत समाजवादीको अखिल नेपाल महिला संघकी केन्द्रीय सचिवसमेत रहेकी उनले एक अर्कासँग विचार नमिल्ने अपवित्र सत्ताधारी गठबन्धनबाट देश दुर्घटनामा पर्ने देखेर अफू एमालेमै फर्किएको बताइन् । उनले एकीकृत समाजवादीको भविष्य छैन भन्ने आफ्नो निष्कर्ष रहेको बताइन् ।

देशको भविष्य निर्माण गर्ने पार्टी एमाले मात्र भएको र विगतमा लामो समय आफ्नो योगदान पनि यसै पार्टीमा रहेकाले पुनः एमालेमै फर्किएको रावलले पार्टी प्रवेश कार्यक्रमका क्रममा भनेकी छन् ।

उनीसँगै समाजवादी प्रेस संगठन जाजरकोटका सचिव अर्पण रावल पनि एमालेमा प्रवेश गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...