काठमाडौँ, २५ असोज । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ जिल्लाको दश वटा निर्वाचन क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी २६५ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका अनुसार उम्मेदवारी दिनेमा २२६ जना पुरुष र ३९ जना महिला रहेका छन् ।
काठमाडौं क्षेत्र नम्बर १ मा २२ जना पुरुष र १० जना महिला गरी कुल ३२ जनाको उम्मेदवारी परेको छ । काठमाडौँ क्षेत्र नम्बर २ मा २६ जना पुरुष र ५ जना महिला गरी कुल ३१ जनाले उम्मेदवारी दिएका छन् ।
काठमाडौँ–३ मा २१ जना पुरुष र ३ जना महिला गरी कुल २४ जनाको उम्मेदवारी परेको छ । काठमाडौँ क्षेत्र नम्बर ४ मा ३३ जना पुरुष र २ जना महिला गरी कुल ३५ जनाले उम्मेदवारी दिएका छन् ।
यस्तै, काठमाडौँ क्षेत्र नम्बर ५ मा २६ जना पुरुष र ४ जना महिला गरी कुल ३० जनको उम्मेदवारी परेको छ । काठमाडौँ क्षेत्र नम्बर ६ मा २३ जना पुरुष र १ जना महिला गरी कुल २४ जना उम्मेदवार मैदानमा उत्रेका छन् ।
निर्वाचन आयोगका अनुसार काठमाडौँ क्षेत्र नम्बर ७ मा २४ जना पुरुष र ५ जना महिला गरी कुल २९ जनाले उम्मेदवारी दिएका छन् । काठमाडौँ क्षेत्र नम्बर ८ मा १७ जना पुरुष र २ जना महिला गरी १९ जनाको उम्मेदवारी परेको छ ।
यसैगरी काठमाडौँ क्षेत्र नम्बर ९ मा १७ जना पुरुष र ५ जना महिला गरी २२ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ । काठमाडौँ क्षेत्र नम्बर १० मा १७ जना पुरुष र २ जना महिला गरी कुल १९ जनाको उम्मेदवारी परेको छ ।