एमाले र जसपाबीच सहमति, जसपाले संघमा १७ र प्रदेशमा ४२ सिट पाउने [सूचीसहित]

111

काठमाडौँ, २२ असोज । नेकपा (एमाले) र जनता समाजवादी पार्टीबीच चुनावी तालमेलको सहमति भएको छ । जसअनुसार जसपाले प्रतिनिधिसभातर्फ १७ सिट र प्रदेशसभातर्फ ४२ सिट पाउने छ ।

प्रदेश २ का ३२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये एमाले र जसपाले १४–१४ स्थानमा तालमेलको सहमति भएको एमाले महासचिव शंकर पोखरेलले बताए ।

त्यस्तै, रूपन्देही, कैलाली, मोरङ र सुनसरी गरी जसपाले थप ४ सिटमा एमालेको साथ पाउने छ । समग्रमा उसले प्रतिनिधिसभातर्फ १७ स्थानमा एमालेसँग तालमेल गरेको छ ।

एमालेले भने प्रदेश २ का जिल्लाबाहेक नवलपरासी पश्चिम, रूपन्देही, कैलाली, मोरङ र सुनसरीमा पनि जसपाको साथ पाउने छ । प्रदेश २ का १४ र बाँकी जिल्लाका २१ स्थामा जसपासँग तालमेल गरेको छ ।

No description available.

No description available.

Share This:
सम्बन्धित खबर
Loading...