सत्तारूढ गठबन्धनको सिट बाँडफाँड : कुन दलले कहाँ–कहाँ पाए ? [सूचीसहित]

168

काठमाडौँ, २२ असोज । लामो रस्साकस्सीपछि सत्तारूढ गठबन्धनले प्रतिनिधिसभाको सिट भागबन्डालाई अन्तिम रूप दिएको छ । जनता समाजवादी पार्टीलाई दिन भनिएको क्षेत्रहरू खाली राख्दै चार दलले आ–आफ्नो क्षेत्रमा सहमति गरेका हुन् ।

गठबन्धनले १६५ सिटमध्ये १६१ सिटको भागबन्डा मिलाएको हो । तर, यो सूचीमा शनिबारसम्म तलमाथि हुन सक्ने छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकले नेकपा (माओवादी केन्द्र)लाई ४५, नेकपा (एकीकृत समाजवादी)लाई २० र राष्ट्रिय जनमोर्चालाई २ सिट दिने गरी बाँडफाँड गरेको हो ।

बाँकी ९८ स्थानमा कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीबीच बाँडफाँड हुने जनाइएको छ । अहिले १२ क्षेत्र खाली राखिएको छ । त्यही १२ क्षेत्र लोसपालाई दिएर कांग्रेस ८६ मा बस्न सक्ने जनाइएको छ ।

गठबन्धनले विवादमा रहेको बाँकी ४ सिटमा पनि शनिबारसम्म सहमति गर्ने भएको छ । शनिबार नै सहमति पत्रमा हस्ताक्षर गरेर २३ गते मनोनयनका लागि गठबन्धन तयार हुने भएको छ ।

हेर्नुस् गठबन्धनका दलहरूबीचको भागबन्डा
नेपाली कांग्रेस
पाँचथर
इलाम–२
झापा–१
झापा–३
झापा–४
झापा–५
सङ्खुवासभा
तेह्रथुम
धनकुटा
मोरङ–१
मोरङ–२
मोरङ–३
मोरङ–६
सुनसरी–२
सुनसरी–३
सुनसरी–४
ओखलढुंगा
उदयपुर–१
सप्तरी–३
सप्तरी–४
सिरहा–१
सिरहा–२
धनुषा–४
महोत्तरी–२
सर्लाही–४
रौतहट–२
रौतहट–४
बारा–१
पर्सा–२
पर्सा–४
रामेछाप
सिन्धुली–१
रसुवा
धादिङ–२
नुवाकोट–२
काठमाडौँ–१
काठमाडौँ–१०
काठमाडौँ–३
काठमाडौँ–४
काठमाडौँ–५
काठमाडौँ–६
भक्तपुर–२
ललितपुर–१
काभ्रेपलाञ्चोक–२
सिन्धुपाल्चोक–२
मकवानपुर–१
चितवन–१
चितवन–२
गोरखा–१
मनाङ
कास्की–१
तनहुँ–१
तनहुँ–२
स्याङ्जा–१
स्याङ्जा–२
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)–१
मुस्ताङ
पर्वत
गुल्मी–१
पाल्पा–१
अर्घाखाँची
रूपन्देही–३
रूपन्देही–४
रूपन्देही–५
कपिलवस्तु–२
कपिलवस्तु–३
दाङ–३
बाँके–३
बर्दिया–१
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–२
मुगु
दैलेख–२
सुर्खेत–१
सुर्खेत–२
बाजुरा
अछाम–२
कैलाली–१
कैलाली–४
कैलाली–५
दार्चुला
डडेलधुरा
कञ्चनपुर–२
कञ्चनपुर–३

नेकपा (माओवादी केन्द्र)
तप्लेजुङ
झापा–२
भोजपुर
मोरङ–४
मोरङ–५
सुनसरी–१
सोलुखुम्बु
खोटाङ
सिरहा–३
धनुषा–१
महोत्तरी–१
सर्लाही–२
सर्लाही–३
रौतहट–३
दोलखा
सिन्धुली–२
नुवाकोट–१
काठमाडौँ–२
काठमाडौँ–७
काठमाडौँ–९
भक्तपुर–१
ललितपुर–३
काभ्रेपलाञ्चोक–१
सिन्धुपाल्चोक–१
चितवन–३
गोरखा–२
लमजुङ
कास्की–३
नवलपरासी (वर्दघाट सुस्ता पूर्व)–२
म्याग्दी
बागलुङ–२
रुपन्देही–१
कपिलवस्तु–१
रुकुम पूर्व
रोल्पा
दाङ–२
बाँके–१
बर्दिया–२
जुम्ला
कालिकोट
हुम्ला
जाजरकोट
रुकुम पश्चिम
कैलाली–२
कैलाली–३
बैतडी
कञ्चनपुर–१

नेकपा (एकीकृत समाजवादी)
इलाम–१
उदयपुर–२
रौतहट–१
बारा–४
धादिङ–१
काठमाडौँ–८
ललितपुर–२
मकवानपुर–२
कास्की–२
गुल्मी–२
पाल्पा–२
रूपन्देही–२
दाङ–१
सल्यान
डोल्पा
दैलेख–१
अछाम–१
बझाङ
डोटी

जनमोर्चा
प्युठान
बागलुङ–१

Share This:
सम्बन्धित खबर
Loading...