प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारले कति खर्च गर्न पाउने ? यस्तो छ आयोगको प्रस्ताव [सूचीसहित]

140

काठमाडाैँ, ११ असाेज । निर्वाचन आयोगले आसन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य उम्मेदवारले खर्च गर्न पाउने रकमको अधिकतम सीमा प्रस्ताव गरेको छ । उसले निर्वाचन क्षेत्रअनुसार फरक–फरक खर्च सीमा प्रस्ताव गरेको हो ।

२०७४ को निर्वाचनमा प्रतिनिधिसभातर्फ प्रतिउम्मेदवार २५ लाख रूपैयाँ र प्रदेशसभातर्फ १५ लाख खर्च सीमा तोकिएको थियो । त्यसको आधार पुष्टि नहुने भन्दै विरोध गरिएपछि आयोगले खर्च सीमाबारे नयाँ प्रस्ताव अघि सारेको हो ।

आयोगले प्रतिनिधिसधातर्फ पाँच वटा समूह बनाएर अधिकतम खर्च सीमा प्रस्ताव गरेको हो । आयोगको प्रस्तावअनुसार १६५ मध्ये योपटक पाँच निर्वाचन क्षेत्रमा २५ लाख, २३ निर्वाचन क्षेत्रमा २७ लाख, ६६ निर्वाचन क्षेत्रमा २९ लाख खर्च सीमा हुने प्रस्ताव छ । ४४ निर्वाचन क्षेत्रमा ३१ लाख र २७ निर्वाचन क्षेत्रमा ३३ लाख निर्धारण गरिएको छ ।

सोअनुसार प्रतिनिधिसभातर्फ उम्मेदवारको प्रचारप्रसारमा ४९ करोड १५ लाख रूपैयाँ खर्च हुने आयोगको अनुमान छ ।

त्यस्तै, प्रदेशसभातर्फ पनि पाँच समूह बनाएर १५ लाख, १७ लाख, १९ लाख, २१ लाख र २३ लाख प्रस्ताव गरिएको छ ।

यसपटकको खर्च सीमा निर्धारण गर्दा आयोगले विभिन्न तीन आधार तयार गरेको छ । निर्वाचन क्षेत्रभित्र सूचीकृत मतदाताहरूको कुल संख्यालाई ५५ प्रतिशत, निर्वाचन क्षेत्रको क्षेत्रफल (वर्ग किमी)लाई २५ प्रतिशत र मतदाता केन्द्र संख्यालाई २० प्रतिशत भार छुट्याएर अधिकतम सीमा कायम गरेको हो । १८ प्रतिशत मुद्रास्फिति पनि जोडिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...