बियर पोखिँदा अमेरिकाको फ्लोरिडामा राजमार्ग नै अवरूद्ध

125

काठमाडौँ, ६ असोज । अमेरिकाको फ्लोरिडा राज्यमा बुधबार बियर बोकेको ट्रक पल्टिँदा हजारौ क्यान बियर पोखिएपछि राजमार्ग नै अवरूद्ध हुनपुग्यो ।

बियर बोकेको उक्त सेमी ट्रेलर सडक छेउमा रहेको ट्रकहरूमा गएर ठोक्किएको थियो । हजारौँ क्यान पोखिएपछि राजमार्गको सबै लेन बन्द भयो ।

फ्लोरिडाको हाइवे पेट्रोलले लिएको तस्बिहरूमा छरपस्ट बाकस तथा क्यानहरूका कारण सडकनै पुरिएको देखिन्छ । केही घन्टापश्चात राजमार्ग खुलेको थियो । घटनामा केही सामान्य घाइते भएका थिए ।

त्यहाँका स्थानीय सञ्चारमाध्यम ट्याम्पा बे टाइम्सका अनुसार व्यस्त राजमार्गमा दुईवटा सेमी ट्रेलर जुधेका कारण तिनलाई बुधबार बिहानै सडकको किनारामा राखिएको थियो । थप दुईवटा सेमी ट्रेलर तथा एउटा पिकअप ट्रकलाई ती गाडी तान्न त्यहीँनेर राखिएको थियो ।

त्यतिनै बेला बियरले भरिएको पाँचौँ सेमी ट्रेलर त्यहीँनेर आइपुग्यो । तीव्र गतिको उक्त गाडी समयमै रोकिन नसक्दा त्यही पार्क गरेर राखिएका गाडीमा ठाक्किन पुग्यो ।

बियरका साथसाथै अर्को ट्रकमा भएका कंक्रिट पनि सडकभरि पोखिएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...