ओलीले सांसदहरूलाई बिदाई गर्दै भने– भोलिदेखि हामी संसद्‌मा उपस्थित हुने छैनौँ

127

काठमाडौँ, ३१ भदौ । प्रमुख प्रतिपक्षि दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भोलिदेखि संसद्‌मा उपस्थित नहुने बताएका छन् ।

नेकपा एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले भोलिदेखि कुनै पनि हिसाबले संसद् राख्न खोज्नु तमासा मात्र भएको बताउँदै भोलिदेखि प्रचलनअनुसार नै संसद्‌मा उपस्थित नहुने बताएका हुन् ।

अध्यक्ष ओलीले सांसदहरूलाई चाडपर्वको शुभकामना दिँदै भने, ‘सबै माननीयहरूलाई हार्दिक बधाई, दसैँलगायत सबै चाडपर्वको शुभकामना, हामीले सानदार रूपमा आफ्नो कार्यकाल पूरा गरेका छौँ ।’

बैठकमा अध्यक्ष ओलीले निर्वाचित सांसदहरूलाई बिदाई गर्दै मंसिर ४ को निर्वाचनमा चमत्कारिक परिणाम आउने गरी खटिन निर्देशन समेत दिए । उनले भने, ‘मंसिर ४ मा आम निर्वाचन हुँदै छ । यो निर्वाचनमा एमालेले चमत्कारिक उपलब्धि हासिल गर्नुपर्छ । त्यसका लागि तपाईं हामी सबैले आ–आफ्नो ठाउँबाट सम्पूर्ण शक्ति लगाउनुपर्छ ।’

Share This:
सम्बन्धित खबर
Loading...