काठमाडौँ, २९ भदौ । संविधान दिवसको अवसर पारेर नेकपा (एमाले)ले पदयात्राको आयोजना गर्ने भएको छ । एमालेले शनिबार ५ स्थानबाट भेला भएर बसन्तपुरसम्म पुग्ने कार्यक्रम राखेको छ ।
काठमाडौँको बानेश्वर, लैनचौर, मैतीदेवी, कालिमाटी र कुपन्डोलबाट आउनेहरू सुन्धारामा जम्मा हुने र बसन्तपुरमा पुगेपछि सकिने एमाले प्रचार प्रसार विभागका उपप्रमुख विष्णु रिजालले बताए ।
बसन्तपुरमा ओलीले पदयात्रामा सहभागीहरूलाई धन्यवाद ज्ञापन गरेपछि कार्यक्रम सकिने रिजालले बताए । ओेली बानेश्वरबाट हिँडेर बसन्तपुर आउने छन् ।
एमाले नै संविधानको संरक्षक भएको तथा चुच्चे नक्सा जारी गरेर मुलुकको गुमेको भूभाग फिर्ताको प्रक्रिया थालेको विषयलाई एमालेले अघि सारेको छ ।
असोज १ गते शनिबार बिहान पौने ७ बजेबाट सुरू हुने पदयात्रामा सहभागी हुन एमालेले सबैमा आह्वान गरेको छ ।