राष्ट्रपतिसँग भेटवार्ता गर्दै चिनियाँ नेता ली

59

काठमाडौँ, २९ भदौ । चार दिने नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रिय जनकंग्रेस स्थायी समिति अध्यक्ष ली चान्सुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्दै छन् ।

सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा सोमबार नेपाल आएका उनले आज राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्ने कार्यतालिका छ ।

यसअघि, मंगलबार उनले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

अध्यक्ष चान्सुको नेतृत्वमा ६ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेका छन् ।

अध्यक्ष चान्सु भ्रमण सम्पन्न गरी बिहीबार बिहान स्वदेश फर्कने कार्यक्रम छ ।

Share This:
सम्बन्धित खबर
Loading...