बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी, भागबन्डामा जुट्ला सहमति ?

64

काठमाडौँ, २७ भदौ । सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

केही बेरअघि सुरू भएको बैठकले सिट बाँडफाँडमा औपचारिक सहमतिको कार्यविधि तयार पार्ने कार्यलाई अन्तिम रूप दिने एक नेताले जानकारी दिए ।

बैठकमा शीर्ष नेताहरूसहित कार्यदलका सदस्यहरू पनि सहभागी छन् । सबै दलहरू आ–आफ्नो दाबीबाट पछि हट्न तयार नहुँदा समस्या भइरहेको छ ।

गठबन्धनमा नेपाली कांग्रेसले १०० सिट दाबी गरेको छ भने नेकपा (माओवादी केन्द्र)ले ६), नेकपा (एकीकृत समाजवादी)ले ४०, जनता समाजवादी पार्टी (जसपा)ले ३२ र राष्ट्रिय जनमोर्चाले २ सिट दाबी गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...