शेखर कोइरालाले भने– ७०/८० सिट लिएर कांग्रेसको बहुमत आउँदैन, १०० सिट लिनुपर्छ

179

विराटनगर, २६ भदौ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेसको एकल बहुमत आउन कम्तीमा १०० सिटमा उम्मेदवारी दिनुपर्ने बताएका छन् । आइतबार विराटनगरमा आयोजित कार्यक्रममा उनले ७०–८० सिट लिएर कांग्रेसको बहुमत नआउने बताए ।

गृह जिल्ला मोरङमा आयोजित कार्यक्रममा पार्टी केन्द्रीय कार्यसमिति बैठकले नै गठबन्धनबाट कांग्रेसको एकल बहुमत सुनिश्चित गर्ने भनेकाले सोही अनुसार सिट बाँडफाँडको प्रयास भइरहेको उनले बताए ।

‘७०–८० सिट लिएर नेपाली कांग्रेसको बहुमत त हुँदैन । त्यसैले मैले भनिरहेको छ, १०० सिट नेपाली कांग्रेसले लिनुपर्छ । अनि मात्रै गठबन्धनसहित बहुमतको सरकार बनाउन सक्छौँ,’ उनले भने ।

कोइरालाले ८०/८५ सिटमा उम्मेदवार दिएर कांग्रेसले बहुमत नल्याउने र उल्टै पार्टीमा विद्रोह हुने भन्दै २०७४ सालमा कांग्रेस एक्लैले जितेको क्षेत्र छाड्न नसकिने बताए । यो कुरा आफूले माओवादी अध्यक्ष प्रचण्डलाई पनि भनिसकेको कोइरालाले कार्यकर्तालाई सुनाए ।

कोइरालाले उम्मेदवार सिफारिसका लागि कतिपय जिल्लामा कांग्रेस कार्यकर्ताबीच नै मारपिट भइरहेको भन्दै असन्तुष्टि जनाए ।

Share This:
सम्बन्धित खबर
Loading...