काठमाडौँ, २३ भदाै । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथिको प्रहार जनयुद्धदेखि अहिलेसम्म नरोकिएको बताएका छन् ।
महासचिव चयनमा असन्तुष्टि जनाउँदै हिजो अखिल क्रान्तिकारीको कार्यक्रममा जनार्दन शर्माले प्रचण्डको आलोचना गरेको भोलिपल्ट उनको अभिव्यक्ति आएको हो ।
बिहीबार काठमाडौँमा सहित सुरेश वाग्ले (वासु) स्मृति प्रतिष्ठानले गरेको कार्यक्रममा प्रतिक्रियावादीसँगको संघर्षकै कारण माओवादी र आफूमाथिको प्रहार नरोकिएको बताएका हुन् ।
माओवादीलाई अस्थिरतको कारण देखाएर प्रचण्डलाई सिध्यानुपर्छ भन्नेहरू सक्रिय रहेको अध्यक्ष प्रचण्डको दाबी छ । ‘जनयुद्धपछिको सम्झौता तात्कालीन आवश्यकता हो । बाँकी रहेका एजेन्डा पूरा गर्नका लागि म निरन्तर संघर्षमा छु,’ उनले भने ।