सर्लाही–३ बाट प्रचण्डको नाम सिफारिस

110

काठमाडौँ, २३ भदौ । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्लाही क्षेत्र नम्बर ३ बाट उम्मेदवार सिफारिस भएका छन् ।

माओवादीको जिल्ला समन्वय समितिले अध्यक्ष प्रचण्डसहित ७ जना नेतालाई सर्लाही क्षेत्र नम्बर ३ को प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस गरेको पार्टीका जिल्ला इञ्चार्ज अच्युतम काफ्लेले जानकारी दिए ।

२०७४ को निर्वाचनमा सर्लाही–३ बाट माओवादीका रामेश्वर राय यादव निर्वाचित भएका थिए । यसवर्ष यादव सर्लाहीका ३ वटो क्षेत्रबाट प्रत्यक्ष र दुईवटा क्षेत्रबाट समानुपातिक उम्मेदवार सिफारिस भएका छन् ।

प्रचण्डसँगै माओवादीले नेताहरू प्रल्हाद बुढाथोकी, अच्युतम काफ्ले, रामेश्वर राय यादव, भरतकुमार थापा र सरस्वतीकुमारी मिश्रलाई पनि सर्लाही ३ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गरेको छ ।

उम्मेदवार सिफारिस हुने थापा बागमती नगरपालिकाका मेयर हुन् भने मिश्र माओवादी केन्द्रका नेता स्व.डाचाराज वाग्लेकी पत्नी हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...