निर्वाचनपछि प्रत्यक्ष राष्ट्रपतिका लागि आन्दोलन गर्नुपर्छ : प्रचण्ड

84

काठमाडौँ, १२ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनपछि प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि आन्दोलन गर्नुपर्ने बताएका छन् ।

आइतबार माओवादी केन्द्रको बागमती प्रदेश कमिटी बैठकमा बोल्दै प्रचण्डले आगामी निर्वाचनपछि प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि आन्दोलन गर्नुपर्ने बताएका हुन् ।

प्रचण्डले आन्दोलनका लागि तयार हुनसमेत निर्देशन दिएका छन् । आगामी निर्वाचनमा अहिलेकै गठबन्धनबाट निर्वाचन लड्ने बताउँदै उनले कांग्रेससँग अविश्वास र नेकपा (एकीकृत समाजवादी)सँग अप्ठ्यारो भए पनि त्यसलाई मिलाएर बढ्नुपर्ने बताए ।

कांग्रेसले परिस्थिति नबुझे एमालेबाहेकको वाम गठबन्धन हुने उनको चेतावनी छ ।

Share This:
सम्बन्धित खबर
Loading...