नक्सा पास भएन भने अदालतमा पनि डोजर चल्छ : मेयर साह

649

काठमाडौँ, ८ भदौ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले महानगरभित्र बनेका सबै अनधिकृत संरचना भत्काउने प्रष्ट पारेका छन् ।

बुधबार न्युरोडस्थित आरबी कम्प्लेक्समा बनेको अनधिकृत संरचना हटाउन पुगेका मेयर साहले सबै अनधिकृत संरचना हटाउने बताएका हुन् ।

महानगरको कदमले साना व्यापारीहरू मारमा परेको भन्ने व्यापारीहरूको गुनासोको जबाफमा उनले सबैलाई समान रूपमा कानुन लाग्ने उल्लेख गरे । सबैलाई समान रूपमा कानुन लाग्ने उल्लेख गर्दै उनले नक्सा पास नगरी बनाइएको पाइए काठमाडौँ जिल्ला अदालतको समेत त्यस्ता संरचना भत्काउने उनले बताए ।

उनले भने, ‘ठुलोलाई लाग्ने सानोलाई नलाग्ने भन्ने हुँदैन, सबैलाई बराबर हुन्छ । हामीले जिल्ला अदालतलाई समय दिएका छौँ । जिल्ला अदालतको नक्सा पास छैन, उहाँहरूको पनि नक्सा पास भएन भने त्यहाँ पनि त्यहीँ हुन्छ (डोजर चल्छ) ।’

डोजर चलेका संरचना अवैध रूपमा बनाइएको भन्दै मेयर साहले त्यसवापत क्षतिपूर्ति नदिइनेसमेत प्रष्ट परेका छन् ।

अनधिकृत रूपमा बनेका संरचनाका कारण पार्किङमा समस्या आउनुका साथै पैदलयात्रीले समेत सास्ती भोग्नुपरेको गुनासो गरेपछि महानगरले अनधिकृत संरचना हटाउन थालेको हो ।

याे पनि हेर्नुस्

शिक्षक तथा कर्मचारीलाई दलीय आबद्धता त्याग्न बालेन साहको निर्देशन

अन्डरग्राउन्ड पार्किङ दुरूपयोग रोक्दै महानगर [फोटो फिचर]

बालेन साहको व्यङ्ग्य– अल्पकालीन आदेश आएको मुद्दाको पेसी यो कार्यकालपछि आउँछ कि ?

Share This:
सम्बन्धित खबर
Loading...