अन्डरग्राउन्ड पार्किङ दुरूपयोग रोक्दै महानगर [फोटो फिचर]

892

काठमाडौँ, ६ भदौ । काठमाडौँ महानगरपालिकाले नक्सापासविपरीत अन्डरग्राउन्ड पार्किङमा सञ्चालित पसलहरू हटाउन सुरु गरेको छ ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सोमबार नयाँ बानेश्वर क्षेत्रको अनुगमन गरी अन्डरग्राउन्डमा राखिएका पसल हटाउने काम सुरू गरेका हुन् ।

यसअघि महानगरले भवनको नक्सा पास गर्दा राखेको अन्डरग्राउन्ड पार्किङलाई अरू प्रयोजनमा नलगाउन व्यापारीहरूलाई आग्रह गर्दै ३५ दिने सूचना जारी गरेको थियो ।

महानगरको आग्रह अटेर गरेको भन्दै व्यवसायिक भवनका अन्डरग्राउन्ड पार्किङ खुलाउन काठमाडौँ महानगरपालिकाले संरचनाहरू भत्काउन सुरू गरेको हो ।

नयाँ बानेश्वर क्षेत्रमा महानगरपालिकाबाट अन्डरग्राउन्ड पार्किङको अनुमति लिएर २२ वटा भवन निर्माण भएका छन् । अनुगमनका क्रममा प्रायः सबै भवनले अन्डरग्राउन्ड पार्किङ क्षेत्रलाई पसल सञ्चालनका लागि भाडामा दिएको पाइएको नगर प्रहरी प्रमुख राजु पाण्डेले बताए ।

 

Share This:
सम्बन्धित खबर
Loading...