काठमाडौँ, ६ भदौ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच पार्टी एकता गर्ने तयारी सुरू भएको छ ।
दुई पार्टी एकताका लागि सहमति जनाउँदै नेताहरूले पार्टी एकताका लागि संयोजक संमिति बनाउने सहमतिमा पुगेका छन् ।
एकीकृत समाजवादीले पार्टी एकता समायोजन समिति बनाउने निर्णय गरेपछि माओवादी केन्द्रसँग पहिलोपटक वार्ता भएको थियो ।
प्रचण्डको एक नातेदारको हात्तिवनस्थित घरमा भएको भेटमा छिट्टै पार्टी एकता संयोजन समिति बनाउने सहमति गरेका हुन् ।
एक नेताका अनुसार आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा एउटै चुनावी घोषणापत्र लिएर जानसमेत दुवै दल सहमत भएका छन् ।
साथै, भेटमा आउँदो चुनावी रणनीति, सिट बाँडफाँड, नेपाली कांग्रेससँगको तालमेल, अरू दलसँगको गठबन्धनलगायत विषयमा कुराकानी भएको थियो ।
भेटमा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका महासचिव वेदुराम भुसाल पनि सहभागी थिए ।