घोषणापत्र तयार गर्न माओवादीले बनायो नारायणकाजीको नेतृत्वमा १७ जनाको टिम

119

काठमाडौँ, ५ भदौ । नेकपा (माओवादी केन्द्र)ले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि चुनावी घोषणापत्र बनाउने भएको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा चुनावी घोषणापत्र मस्यौदा तयार पार्ने टिम गठन गरेको हो ।

पार्टी प्रवक्ता तथा उपाध्यक्ष कृष्णबहादुर महराले श्रेष्ठको नेतृत्वमा १७ जनाको टिम तयार भएको बताए ।

त्यस टिममा देव गुरूङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, लिलामणि पोखरेल, गणेश साह, पर्शुराम रम्तेल, अमृता थापा, हरि रोकाय, जाकिर हुसैन, पर्शुराम तामाङ, कृष्ण चौधरी, भीमा ढुंगाना र जगत सिम्खडा छन् ।

Share This:
सम्बन्धित खबर
Loading...