हिमानी शाह अस्पताल भर्ना

338

काठमाडौँ, १ भदौ । पूर्वयुवराज्ञी हिमानी शाह र ज्वरोसहित घाँटीमा समस्या अएपछि बुधबार साँझ मेडिसिटी अस्पताल भर्ना भएकी छन् ।

उनी केही दिनअघि हिमानी ट्रस्टको कार्यक्रमका लागि अष्ट्रेलिया गएकी थिइन् । त्यहीँ उनको घाँटीमा समस्या सुरू भएको पूर्वराजा ज्ञानेन्द्रका संवाद सचिव फणि पाठकले जानकारी दिए ।

उनी अष्ट्रेलियाबाट सोमबार काठमाडौँ फर्किएकी थिइन् । यहाँ आएपछि पनि घाँटीको समस्या कम नभएपछि बुधबार अस्पताल भर्ना भएको पाठकले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...