एजेन्सी, १ भदौ । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले मंगलबार ट्वीट गर्दै आफूले इंग्लिस फुटबल क्लब म्यानचेस्टर युनाइटेड किन्ने बताएका छन् ।
अमेरिकन व्यापारी मस्कले म्यानचेस्टर युनाइटेड किन्न गरिने सम्झौताको विषयमा भने स्पष्ट पारेका छैनन् ।
यसअघि उनले सामाजिक सञ्जाल ट्वीटर किन्ने घोषणा गरेका थिए । तर, मस्क अहिले सोसल मिडिया कम्पनी ट्वीटर किन्नका लागि ४४ बिलियन डलरको सम्झौताबाट बाहिरिने प्रयासमा छन्, जसले उनलाई अदालत पुर्याएको छ ।
म्यानचेस्टर युनाइटेड विश्व फुटबलको सबैभन्दा प्रसिद्ध नाममध्ये एक क्लब हो । क्लबका वर्तमान मालिक अमेरिकी ग्लेजर परिवारलाई क्लबबाट निकाल्न फ्यानहरू चाहन्छन् ।