रवि लामिछानेको पार्टीले प्रदेशसभा चुनाव नलड्ने

676

काठमाडौँ, १ भदौ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले ४ मंसिरमा हुने निर्वाचनमध्ये प्रदेशसभा चुनावमा भाग नलिने भएको छ ।

४ मंसिरमा हुने निर्वाचनमध्ये संघीय चुनावमा मात्र पार्टीले भाग लिने सभापति लामिछानेले बताएका छन् ।

भिडियो सन्देश जारी गर्दै लामिछानेले भनेका छन्, ‘यस पटकको निर्वाचनमा हाम्रो पार्टी प्रदेश तहमा सहभागी नहुने भएको छ । यो निर्वाचनमा हाम्रो उम्मेदवारी मात्र संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा रहने छ ।’

उनले यही संरचनामा प्रदेश मातहतमा सहभागी हुनु भनेको राज्य कोष दोहनमा सहभागी हुनुबाहेक केही नभएको उनले बताएका छन् ।

‘प्रदेश तहमा सहभागी नहुने कुराको आधिकारिक जानकारी हामीले निर्वाचन आयोगलाई गराएका छौँ,’ उनले भने ।

Share This:
सम्बन्धित खबर
Loading...