जिल बाइडेलाई पनि कोभिड पोजेटिभ

93

एजेन्सी, १ भदौ । अमेरिकी प्रथम महिला जिल बाइडेनलाई पनि कोभिड पोजेटिभ भएको छ । उनलाई कोभिडको हल्का लक्षणहरू देखा परेको छ, ह्वाइट हाउसले जनाएको छ ।

यसअघि राष्ट्रपति जो बाइडेनलाई पनि कोभिड भएको थियो । राष्ट्रपतिकी ७१ वर्षीया पत्नीले सोमबार नकारात्मक परीक्षण गरिन् तर ‘साँझ अबेरसम्म चिसो जस्तो लक्षणहरू देखा पर्‍यो’ उनका सञ्चार निर्देशक एलिजाबेथ अलेक्ज्याण्डरले एक विज्ञप्तिमा भने ।

एन्टिजेन परीक्षणमा नकारात्मक देखिए पनि विस्तृत पिसिआर परीक्षण सकारात्मक देखिएको अलेक्ज्याण्डरले बताए । प्रथम महिला पाँच दिन आइसोलेसनमा बस्नेछिन् । उनी दुई पटक खोप लगाएको र दुई ओटा बुस्टर डोज लगाएको र हल्का लक्षणहरू देखिएको अलेक्ज्याण्डरले बताए ।

जिल बिडेन दक्षिण क्यारोलिनामा एक निजी निवासमा बसिरहेकी छन् । लगातार दुई नकारात्मक परीक्षण पछि ह्वाइट हाउस फर्कने तयारी रहेको जनाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...