काठमाडौँ, ३१ साउन । अवरोधका बीच काठमाडौँको फोहोर बोकेका १८६ गाडी बञ्चरेडाँडा पुगेका छन् । काठमाडौँ महानगरका मेयर बालेन्द्र (बालेन) साहले सामाजिक सञ्जालमार्फत् उक्त जानकारी दिएका हुन् ।
‘फोहोर व्यवस्थापन गर्दा कसैलाई पनि केही समस्या नपरोस् । यो हाम्रो प्रतिबद्धता हो । हाम्रो प्रतिबद्धतामा हामी इमान्दार, सचेत र संवेदनशील छौँ,’ उनले भने ।
काठमाडौँको फोहोर लिएर बञ्चरेडाँडा पुगेका गाडीलाई आज दिनभर स्थानीयले अवरोध गरेका थिए । स्थानीयले ढुंगा र गुलेली हानेर अवरोध गरेपछि प्रहरी र स्थानीयबीच झडपसमेत भएको थियो ।