काठमाडौँ, ३१ साउन । नेपाल समाजवादी पार्टीका नेता डम्बर खतिवडाले डा.बाबुराम भट्टराईको साथ छाडेका छन् । उनले नेपाल समाजवादी पार्टी–नेकपा (माओवादी केन्द्र) एउटै चुनाव चिन्हबाट लड्ने निर्णयसँगै आफ्नो साधारण सदस्यतासमेत परित्याग गरेको बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै नेता खतिवडाले भनेका छन्, ‘करिब ८ वर्षको सहकार्यका लागि डा.बाबुराम भट्टराई र साथै करिब ३ वर्षको सहकार्यका लागि उपेन्द्र यादव र उहाँहरूको टिमप्रति आभारी छु । आजबाट जसपा–नेसपा लफडाबाट पूर्णतः मुक्त छु ।’
१० वर्षे सशस्त्र द्वन्द्व हुँदै शान्ति प्रक्रियामा होमिएका डा.भट्टराईले नयाँ शक्ति, जसपा हुँदै अहिले नेपाल समाजवादी पार्टी गठन गरेका छन् ।
माओवादी परित्याग गरेसँगै भट्टराईलाई साथ दिएका खतिवडाले मंगलबार पार्टी परित्यागको घोषणा हुन् ।
भट्टराईले जसपा छाडेर पुनः नयाँ दल दर्ता गराएपछि खतिवडाले संकट रहेको भन्दै ४ बाटाहरू देखाएका थिए ।