रियल मड्रिडको विजयी सुरुवात

164

काठमाडौँ, ३० साउन । साविक विजेता रियल मड्रिडले ला लिगा २०२२/२३ सिजनमा विजयी सुरुवात गरेको छ ।

आइतबार राति भएको खेलमा रियलले अल्मेरियाविरूद्ध पुनरागमनसहित २–१ को जित निकाल्यो । १–० ले पछि परेको रियललाई जित दिलाउन लुकास भास्क्वेज र डेभिड अलाबाले एक–एक गोल गरे । अल्मेरियाका लार्जी रामाजानीले सुरुवाती अग्रता बनाए पनि जोगाउन सकेन ।

जितसँगै लगातार उपाधि जित्ने योजनामा रहेको साविक विजेता रियलले महत्त्वपूर्ण तीन अंक जोड्यो । गएराति भएको खेलमा क्याटलान क्लब बार्सिलोना भने बराबरीमा रोकिएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...