दलगत संयन्त्रको हिसाबकिताब अब बन्द रहेको खाता खेलेरै हुन्छ : रवि लामिछाने

446

हेटौँडा, २७ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालमा सञ्चालित उद्योगधन्दा, कलकारखाना बन्द गराउने दलगत संयन्त्रको हिसाबकिताब अब बन्द रहेको खाता खेलेरै हुने बताएका छन् । शुक्रबार बागमती प्रदेश भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“जब सिमेन्टको माग बढ्छ, जनताको लगानीले चलेको हेटौँडा सिमेन्ट कारखानको मेसिनहरूको नट बिग्रिन्छन् र निजी लगानीकर्ताले सिमेन्ट बेचेर बोनस बाँड्छ । सुन्दा सामान्य लाग्छ तर रहस्य छ, अब सबै हिसाब हुने छ,” उनले भने ।

उनले नेताहरूले पुर्खाले बचाइरहेको स्वाभिमान व्यक्तिगत, पार्टीगत स्वार्थ पूरा गर्न विभिन्न सम्झौता र दूतावासमा बेचेकाले उनीहरूले नै भाषणमा भन्ने गरेको अन्याय र बेथिति सहनुहुन्न भन्ने कुरालाई व्यवहारिक बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी जनतामाझ विकल्पको रूपमा उदाएको दाबी गरे ।

यस्तै, धनाड्यका छोराछोरीले मात्र गुणस्तरीय शिक्षा लिने आम सर्वसाधारणका छोराछोरीले पढ्ने सामुदायिक विद्यालय कहिले गुणस्तरीय बन्ने ? खल्ती हेरेर स्वास्थ्य सेवा दिने कि सेवा दिएर खल्ती हेर्ने, राजनैतिक दलको चाकडी नगरेसम्म कुनै पेसामा क्षमताले स्थान स्थितिको अन्त्य कसले गर्ने ? यस्तै समस्या समाधानको विकल्पमा राष्ट्रिय स्वतन्त्र पार्टी जन्मिएको उनले दाबी गरे ।

Share This:
सम्बन्धित खबर
Loading...