देशलाई सुखी र समृद्ध बनाउने जिम्मा युवाको काँधमा : मन्त्री गहतराज

64

काठमाडौँ, २७ साउन । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले देशलाई सुखी र समृद्ध बनाउन विकासको गतिलाई बढाउन आवश्यक रहेको बताएका छन् ।

मन्त्री गहतराजले देशलाई सुखी र समृद्ध बनाउने जिम्मा युवाहरूको काँधमा आएको बताएका हुन् ।

उनले अहिलेका युवाले राजनीतिक परिवर्तनको आन्दोलनका लागि रगत बनाउनु पर्ने अवस्था नभएको बताए । मन्त्री गहतराजले अब युवाहरूको जिम्मेवारी र दायित्व देशको विकास गरेर समृद्धिको बनाउनु भएको बताए ।

मन्त्री गहतराजले मुलुकलाई समृद्ध बनाउने अभिभारा अहिलेका युवा पुस्ताले आत्मसाथ गरेर अघिल्लो नेतृत्वलाई गाली गर्नु नहुने बताए ।

उनले अघिल्लो नेतृत्वले स्थापित गरेको प्रणालीलाई गर्व गर्दै युवाहरूले समृद्धिको चरण पार गर्नुपर्ने बताए ।

Share This:
सम्बन्धित खबर
Loading...