प्रचण्ड, बाबुराम र नारायणकाजीबीच भेटवार्ता

107

काठमाडौँ, २६ साउन । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठलाई भेटेका छन् ।

बिहीबार प्रचण्डसँग भट्टराईले हात्तीवनस्थित एक घरमा भेटवार्ता गरेका हुन् । उक्त भेटवार्तामा माओवादी केन्द्रका नेता श्रेष्ठ पनि सहभागी थिए ।

तीन नेताबीच भएको भेटवार्तामा चुनावी तालमेल र पार्टी एकताबारे छलफल भएको बताइएको छ ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीबाट छुट्टिएर नेपाल समाजवादी गठन गरेका भट्टराई पाँच दलीय गठबन्धनमा सामेल हुनका लागि लागिपरेका छन् । उनले केही दिन अगाडि प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...