काठमाडौँ, २५ साउन । काठमाडौँको बालाजुस्थित वान वर्ल्ड जुत्ता कारखानामा लागेको आगो नियन्त्रणमा आएको छ । करिब दुई घन्टापछि पाँचवटा दमकलको सहायतामा आगलागी नियन्त्रणमा आएको हो ।
जुद्ध वारूणयन्त्रका प्रमुख चन्दनकुमार श्रेष्ठले आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको जानकारी दिए ।
आगलागी नियन्त्रण गर्न पाँच वटा दमकल परिचालन गरिएको थियो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत कर्मचारी आगलागी नियन्त्रणमा खटिएका थिए ।
आगलागीको कारण खुल्न नसकेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी दिनेश मैनालीले बताए ।