ज्ञानेन्द्रलाई समेट्दै केन्याविरूद्ध नेपाली टिम घोषणा

146

काठमाडौँ, २४ साउन । पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई समेट्दै नेपाल क्रिकेट संघ (क्यान) ले केन्यासँग हुने पाँच टी–२० र तीन एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्ने नेपाली टोली मंगलबार घोषणा गरेको छ ।

१६ सदस्यीय टोलीमा ज्ञानेन्द्रले पुनरागमन गरिएको छ । टोलीको कप्तानी भने सन्दीप लामिछानेले गर्ने छन् । यस्तै, उपकप्तान रोहितकुमार पौडेल छन् ।

केन्यामा हुने शृंखला २५ अगस्ट देखि ५ सेप्टेम्बरसम्म हुने छ । क्यानले सार्वजनिक गरेको तालिका अनुसार नेपालले सुरुवातमा टी–२० शृंखला खेल्ने छ ।

जुन शृंखला मुख्य प्रशिक्षक मनोज प्रभाकरको नेतृत्वमा पहिलो हुने छ । क्यानले सोमबार प्रभाकरलाई नियुक्त गरेको हो ।

नेपाली राष्ट्रिय टिम
सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आशिफ शेख, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, आदिल आलम, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बसिर अह्मद, अर्जुन साउद, पवन सर्राफ, शाहब आलम, किशोर महतो, विवेक यादव

Share This:
सम्बन्धित खबर
Loading...