रोहित शर्माको एसिया कप खेल्ने भारतीय टिमको घोषणा

138

काठमाडौँ, २४ साउन । आगामी एसिया कप–२०२२ का लागि अल इन्डिया सिनियर सेलेक्सन कमिटीले खेलाडी छनोट गरेको छ । २७ अगस्टदेखि ११ सेप्टेम्बरसम्म युएइमा हुने प्रतियोगिताका लागि रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टिम घोषणा भएको छ । घोषित टिममा पूर्वकप्तान विराट कोहलीको पुनरागमन भएको छ ।

६ टिम सहभागी १५औँ संस्करणको प्रतियोगिता यस पटक टी–२० फर्म्याटमा हुने छ । अन्तिम पटक प्रतियोगिता एकदिवसीय स्वरूमा भएको थियो । भारत साविक विजेतासमेत हो । भारतले हालसम्म सर्वाधिक सात पटक उपाधि जितेको छ ।

सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । पाकिस्तान, भारत र छनोट एक टिम समूह ए मा छन् । यस्तै, श्रीलंका, बंगलादेश र अफगानिस्तान समूह बी मा छन् । एक आपसमा प्रतिस्पर्धापछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा स्थान बनाउने छन् ।

भारतीय घोषित टिममा चोटका कारण जस्प्रीत बुम्राह र हर्षल पटेल बाहिर छन् । यस्तै, श्रेयर आयर, अक्षर पटेल र दीपक चाहर वैकल्पिक खेलाडीमा छन् ।

एसिया कपको उद्घाटन खेलमा श्रीलंका र अफगानिस्तानबीच अगस्ट २७ मा प्रतिस्पर्धा हुने छ ।

भारतीय घोषित टिमः
रोहित शर्मी (कप्तान), केएल राहुल (उपकप्तान), विराट कोहली, सूर्यकुमार यादव, दीपक हूडा, ऋषभ पन्त (विकेट किपर), दिनेश कार्तिक (विकेट किपर), हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, रविचन्द्रन आश्विन, युजवेन्द्र चहल, रवि बिश्नोइ, भुवनेश्वर कुमार, अर्शदीप सिंह, आभेष खान

Share This:
सम्बन्धित खबर
Loading...