काठमाडौँ, २३ साउन । काठमाडौँ महानगरपालिकाले नर्भिक अस्पतालले सरकारी जग्गामा बनाएको संरचना हटाउन २४ घन्टे अल्टिमेटम दिएको छ ।
अस्पतालले लिजमा लिएको सरकारी जग्गामा बनाएको टहरा हटाउन महानगरले पत्राचार गरेको हो ।
अस्पतालले लिजमा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौताविपरीत र नक्सा पास नगरी घर टहरा बनाएको भन्दै ती संरचना २४ घन्टाभित्र हटाउन भनिएको छ ।
काठमाडौँ महानगरपालिकाका सहरी व्यवस्थापन विभागका प्रमुख सुरज शाक्यको हस्ताक्षरमा उक्त पत्राचार गरिएको हो ।