ताइवान गएकी पेलोसीमाथि चीनले गर्‍यो प्रतिबन्ध घोषणा

145

एजेन्सी, २० साउन । चीनले अमेरिकी सभामुख न्यान्सी पेलोसीविरूद्ध प्रतिबन्ध घोषणा गरेको छ । आफ्नो निरन्तरको चेतावनीका बाबजुद ताइवान भ्रमण गरेको भन्दै चीनले शुक्रबार पेलोसी र उनका परिवारलाई चीन भ्रमणमा प्रतिबन्ध लगाएको ग्लोबल टाइम्सले जनाएको छ ।

ताइवान भ्रमण सकेर पेलोसी दक्षिण कोरियाँ हुँदै जापान पुगेकी छन् । त्यहाँ उनले ताइवानको वर्तमान स्थिति परिवर्तन गर्ने उद्देश्यले आफूले भ्रमण नगरेको बताइन् ।

‘ताइवानको वर्तमान स्थिति परिवर्तन गर्ने उद्देश्यले मेरो भ्रमण भएको होइन । अमेरिका र ताइवानबीचको सौहार्द मित्रताप्रति चीन खुसी छैन,’ उनले भनेकी छन् ।

पेलोसीको भ्रमणलगत्तै चीनले ताइवान केन्द्रित सैन्य अभ्यास जारी राखेको छ ।

चीनले पेलोसीको प्रतिनिधि मण्डलमा सहभागी भएका अन्य सांसद्हरुलाई पनि प्रतिबन्ध लगाउने बताएको छ ।

याे पनि हेर्नुस्

किन ताइवान गइन् अमेरिकी सभामुख पेलोसी ?

चीनको चेतावनीका बाबजुद अमेरिकी सभामुख पेलोसी पुगिन् ताइवान

के चीनले ताइवानमाथि आक्रमण गर्ला ?

यस्तो छ चीन र ताइवानबीचको इतिहास

ताइवान नजिकै चीनले सुरू गर्‍यो सैन्य अभ्यास

Share This:
सम्बन्धित खबर
Loading...