तेस्रो टी–२० मा भारत ७ विकेटले विजयी

183

काठमाडौँ, १८ साउन । भारतले पाँच खेलको टी–२० शृंखलाको तेस्रो खेलमा घरेलु टोली वेस्टइन्डिजलाई ७ विकेटले पराजित गरेको छ । योसँगै भारत सिरिजमा २–१ को अग्रता लिएको छ ।

१६५ रनको लक्ष्य पछ्याएको भारत १९ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो । भारतका लागि सूर्यकुमार यादवले सर्वाधिक ७६ रन बनाए । यस्तै, ऋषभ पन्तले अविजित ३३ रन जोडे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १६४ रनको योगफल तयार पार्‍यो ।

वेस्ट इन्डिजका ओपनर काइल मेयर्सले सर्वाधिक ७३ रन बनाए । रोभम्यान पावेलले २४ रन जोडे । भारतका भुवनेश्वर कुमारले २ विकेट लिए ।

पहिलो खेलमा भारत ६८ रनले विजयी हुँदा दोस्रो खेल वेस्ट इन्डिजले ५ विकेटले जितेका थियो ।

Share This:
सम्बन्धित खबर
Loading...