काठमाडौँ, १२ साउन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले आज जारी गरेको एकदिवसीय नयाँ वरीयतामा नेपाल यथावत स्थानमा रहन सफल भएको छ ।
आइसीसीले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १९औँ स्थानमा यथावत् रहन सफल भएको हो । अघिल्लो वरीयतामा पनि नेपाल १९औँ स्थानमा रहेको थियो ।
नयाँ वरीयतामा न्युजिल्याण्ड पहिलो स्थानमा रहेको छ भने इंग्ल्यान्ड दोस्रो स्थानमा रहेको छ । त्यस्तै, भारत तेस्रो स्थानमा रहँदा पाकिस्तान चौथो तथा अष्ट्रेलिया पाँचौँ स्थानमा रहेको छ ।
यसैगरी साउथ अफ्रिका छैटौँ, बंगलादेश सातौँ, श्रीलंका आठौँ, वेष्टइन्डिज नवौँ तथा अफगानिस्तान दशौँ स्थानम रहेको छ ।