माल्दिभ्सलाई हराउँदै सुखद सुरुवात गर्ने लक्ष्यमा नेपाल

132

काठमाडौँ, ९ साउन । साफ यु–२० च्याम्पियनसिपको उद्घाटन खेलमा आज (सोमबार) नेपाल र माल्दिभ्स प्रतिस्पर्धा गर्दैछन् । भुवनेश्वरको कालिंगा रंगशालामा नेपाली समयअनुसार खेल दिउँसो सवा ४ बजे हुने छ ।

प्रतियोगिताको उद्घाटन खेलमा जित निकाल्दै नेपाल सुखद सुरुवात गर्ने लक्ष्यमामा हुने छ । नेपाली टिमका प्रशिक्षक टोलीले विगत दुई महिनाबाट तयारी गरेको र अपेक्षासमेत ठुलो रहेको बताएका छन् ।

“नेपालमा मात्र नभइ दक्षिण एसियामै उमेर समूहका खासै प्रतियोगिता भएको छैन्,” प्रशिक्षक केसीले भने “अन्य टोलीमा पनि थुप्रै परिवर्तन भएको कारण प्रतिद्वन्द्वीका विषयमा खासै जानकारी छैन । तर, हामी यहाँ जित्न आएका हौँ । ”

त्यस्तै, कप्तान आयुष घलानले यस प्रतियोगिताका लागि टोली तयार रहेको बताए । यस प्रतियोगिताका लागि कडा प्रशिक्षण गरेको र ३ अंकका लागि खेल्ने कप्तान आयुषले बताए ।

यता, माल्दिभ्सका प्रशिक्षक अहमद शाकिरले नेपाली युवा टोली आफ्ना लागि पनि नौलो रहेको कारण खेल्न कठिन हुने बताए । तर, टोलीमा रहेका अधिकांश खेलाडी माल्दिभ्सको शीर्ष श्रेणीको लिग खेलिरहेको कारण नतिजा आफ्नो पक्षमा आउने उनको विश्वास छ ।

यसअघि १९ र १८ वर्षको उमेर समूहमा हुँदै आएको यस प्रतियोगिता यस पटक २० वर्ष मुनिको उमेर समूहमा हुन लागेको हो ।

यसअघि नेपालले सुरुवाती दुई संंस्करण जित्दा पछिल्लो संस्करण भारतले जितेको थियो ।

प्रतियोगितामा नेपालले दोसे खेल श्रीलंकासँग जुलाई २७, भारतसँग जुलाई ३१ र बंगलादेशसँग अगस्ट २ मा खेल्ने छ । राउण्ड रोविन लिगपछि तालिकाको शीर्ष दुई टोलीबीच अगस्ट ५ मा फाइनल खेल हुने छ ।

Share This:
सम्बन्धित खबर
Loading...