चुनाव चिन्ह ‘वाइफाइ’सहित पुनर्जागरण पार्टी दर्ता

137

काठमाडौँ, ७ साउन । निर्वाचन आयोगमा प्रस्तावित चिया पार्टीले नाम परिवर्तन गरेर पुनर्जागरण पार्टी, नेपाल राखेको छ ।

निर्वाचन आयोगले नाम परिवर्तन गर्न दिएको सुझावलाई ग्रहण गर्दै पुनर्जागरण पार्टी, नेपाल राखिएको प्रवक्ता सदीक्षा केसीले बताइन् ।

निर्वाचन आयोगले आज पुनर्जागरण पार्टीको केन्द्रीय समितिलाई सनाखतका लागि शुक्रबार बोलाएको थियो । केही केन्द्रीय सदस्य काठमाडौँ बाहिर भएको कारण सनाखत आइतबार मात्र सकिने छ ।

पुनर्जागरण पार्टी, नेपालले चुनाव चिन्ह ‘वाइफाइ’ प्रस्ताव गरेको छ । पार्टीको २१ सदस्यीय केन्द्रीय समिति रहेको छ । अहिले पार्टी अध्यक्ष श्यामबाबु गौतम र महामन्त्री रविकिरण हमाल छन् ।

पार्टीमा अध्यक्ष र महामन्त्री मात्र पदाधिकारी चयन भएको र १ उपाध्यक्ष , १ सचिव र १ कोषाध्यक्ष अध्यक्षले मनोनीत गर्नेछन् ।

Share This:
सम्बन्धित खबर
Loading...