बालेनको स्पष्टोक्ति : ई–स्पोर्ट्सका लागि छुट्याइएको बजेट कुनै अमुक संस्थाका लागि होइन

622

काठमाडौँ, ३० असार । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह ‘बालेन’ले ई–स्पोर्ट्सका लागि छुट्याइएको बजेट कुनै अमुक संस्थाका लागि नभएको प्रष्टीकरण दिएका छन् ।

सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा उठेको प्रसंगका विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै यो आधुनिक विश्वमा ई–स्पोर्ट्स खर्बौँको आर्थिक योगदान गर्ने विधा भएको दाबी गरेका छन् ।

“ई–स्पोर्ट्सका लागि छुट्याइएको बजेट कुनै अमुक संस्था वा खेलका लागि होइन । आधुनिक विश्वमा ई–स्पोर्ट्स खर्बौँको आर्थिक योगदान गर्ने विधा हो । नेपालमा पनि यसको व्यावसायिक पाटो बढ्दै छ भने यही वर्ष हुने एसियाली खेलमा ई–स्पोर्ट्स पनि समावेश हुने छ र योग्य रहेमा नेपाली ई–स्पोर्ट्सका खेलाडीहरुले पनि सहभागी भएर राष्ट्रको गरिमा बढाउन सक्नेछन् । यसलाई व्यवस्थित र सिर्जनशील बनाउनका लागि महानगरले बजेट छुट्याएको हो,” उनले समाजिक सञ्जालमा लेखेका छन्, “कानुनले तोकिए बमोजिमको प्रक्रिया अपनाएर पारदर्शी किसिमले बजेट कार्यान्वयन हुने छ । फलानो संस्था वा फलानो खेलका लागि सुनिश्चित गर्ने जस्ता गैरकानुनी र अनैतिक कार्यमा महानगर सामेल हुने छैन ।”

बालेनले ई–स्पोर्ट्सका नाममा ‘रुटिन अफ नेपाल बन्द’का सञ्चालक भिक्टर पौडेललाई फाइदा हुने गरी एक करोड बजेट छुट्याएको चर्चा चलेको थियो ।

याे पनि हेर्नुस् 

‘रुटिन अफ नेपाल बन्द’लाई महानगरको एक करोड

Share This:
सम्बन्धित खबर
Loading...