काठमाडौँ, २२ असार । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय छानबिन विशेष समिति गठन भएको छ ।
प्रमुख विपक्षी नेकपा (एमाले)को मागबमोजिम ११ सदस्यीय छानबिन समिति गठन भएको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठकमा समितिको घोषणा गरेका हुन् । समितिलाई १० दिनको समय दिइएको छ ।
समितिले आवश्यकताका आधारमा विभिन्न व्यक्तिसँग छलफल गर्न सक्ने छ । प्रतिनिधिसभा नियमावली, २०७५ बमोजिम उक्त समिति गठन गरिएको हो ।
करको दर हेरफेर भएका सन्दर्भमा सार्वजनिकरुपमा कुरा उठेपछि प्रतिनिधिसभाले समिति गठन गरेको सभामुखले जानकारी गराए ।
समितिमा निम्न सदस्यहरु छन् ।
एमाले
खगराज अधिकारी
प्रदीपकुमार ज्ञवाली
भानुभक्त ढकाल
विमला विक
कांग्रेस
पुष्पा भुसाल गौतम
सीताराम महतो
माओवादी
देवप्रसाद गुरुङ
शक्तिबहादुर बस्नेत
नेकपा (एकीकृत समाजवादी)
सुरेन्द्रप्रसाद यादव
जनता समाजवादी पार्टी (जसपा)
सरलाकुमारी यादव
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)
लक्ष्मणलाल कर्ण