फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो हेर्नुस्

147

काठमाडौँ, २० असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो ।

निगमले पेट्रोलमा २ रुपैयाँ, डिजेल तथा मट्टितेलमा ९ रुपैयाँ र हवाई इन्धन आन्तरिकमा पाँच रुपैयाँ बढाएको हो ।

निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब काठमाडौँ उपत्यकामा पेट्रोल १८१ रुपैयाँ, डिजेल र मट्टितेल १७२ रुपैयाँ पर्ने छ । हवाई इन्धन आन्तरिकको मूल्य १९० रुपैयाँ प्रतिलिटर पर्ने छ ।

एलपी ग्याँसको भने यथावत एक हजार ८०० रुपैयाँ छ ।

यसअघि असार ११ गते मात्र निगमले पेट्रोलमा २० रुपैयाँ र डिजेल तथा मट्टितेलमा २९ रुपैयाँ घटाएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...