श्रीलंकाले जित्यो अष्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिज

86

काठमाडौँ, ८ असार । घरेलु टोली श्रीलंकाले चौथो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा अष्ट्रेलियालाई ४ रनले हराउँदै एक खेल अगावै शृंखला आफ्नो नाममा लेखाएको छ । मंगलबार राति कोलम्बोमा जितसँगै श्रीलंकाले पाँच खेलको शृंखलामा एक खेल अगावै ३–१ ले जितेको हो । श्रीलंकाले घरेलु भूमिमा २० वर्षपछि अष्ट्रेलियालाई हराएको हो ।

श्रीलंकाले दिएको २५९ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५० ओभरमा सबै विकेट गुमाउँदै २५४ रनमा समेटियो । अष्ट्रेलियाका डेभिड वार्नरले सर्वाधिक ९९ रन बनाए ।

श्रीलंकाका धनान्जय सिल्भा, जेफ्री र चामिका करुनारत्नेले समान २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९ ओभरमा सबै विकेट गुमाउँदै २५८ रन बनायो । श्रीलंकाका लागि चारिथ असलन्काले सर्वाधिक ११० रन बनाए । यस्तै, धनान्जय डी सिल्भाले ६० रनको योगदान गरे ।

अष्ट्रेलियाका मिचेल मार्श, म्याथ्यु र प्याट कमिन्सले समान २ विकेट लिए ।

Share This:
सम्बन्धित खबर
Loading...