काठमाडौँ, ७ असार । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले योगलाई खेलकुदसँग जोडेर हेर्नुपर्ने बताएका छन् ।
आठौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गहतराजले योगलाई खेलकुदकै अंगका रुपमा विकास गर्नुपर्ने बताए ।
पछिल्लो समय विश्वभर योग संस्कृतिले व्यापकता पाइरहेको उल्लेख गर्दै मन्त्री गहतराजले खेलकुदका अलावा शिक्षा र स्वास्थ्यलाईसमेत योग संस्कृतिसँग जोड्नुपर्ने बताए ।
अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आर्ट अफ लिभिङले वर्ल्ड ट्रेड सेन्टरमा आयोजना गरेको विशेष कार्यक्रमका मन्त्री गहतराज योगाभ्यासमा समेत सहभागी भएका थिए ।

हरेक वर्ष जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्र संघको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ ।