काठमाडौँ, १ असार । रसियाको भ्रमणमा रहेका युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले रसियाका खेलकुदमन्त्री आलेग भासिलिभिचसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
रसियन सरकारको औपचारीक निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पाँच दिने भ्रमणकालागि रसिया पुगेका मन्त्री गहतराजले भ्रमणको दोस्रो दिन भासिलिभिचसँग भेटवार्ता गरेका हुन् ।
भेटवार्ताका क्रममा दुईदेशीय हितको विषयमा छलफल भएको थियो । रसियाका खेलकुदमन्त्री आलेग भासिलिभिचले नेपाली खेलाडी तथा विद्यार्थीहरुलाई खेल विज्ञान ९कउयचतक कअष्भलअभ० पढ्न छात्रवृत्ति दिने, खेलाडी र प्रशिक्षकहरुलाई तालिम दिने तथा दुवै देशबीच मैत्रीपूर्ण खेल आयोजना गर्ने
विषयमा रसिया इच्छुक रहेको बताएका थिए । साथै नेपालको खेलकुद क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए ।
भेटमा बोल्दै मन्त्री गहतराजले नेपाल र रसियाबीचको ६६ वर्ष लामो कूटनीतिक सम्बन्धमा यस भ्रमणले खेलकुद डिप्लोमेसीमार्फत् थप सुदृढ र सुमधुर सम्बन्ध स्थापित हुने विश्वास व्यक्त गरे । उाले खेललाई कूटनीतिको प्रमुख अंग बनाउँदै आर्थिक, पर्यटन तथा अन्य विधासँग सामानजस्यता बढाउन आवश्यक रहेको उल्लेख गर्दै खेल पूर्वाधार र खेलका समग्र क्षेत्रमा रसियाले कायम गरेको आफ्नै विशिष्ट क्षमताको समेत प्रशंसा गरे ।
नेपालको खेलकुद क्षेत्रको विकासमा रसियाले देखाएको चासोप्रति कृतज्ञता व्यक्त गर्दै मन्त्री गहतराजले नेपालको उच्च पहाडी क्षेत्रमा खेल पूर्वाधार निर्माण, खेलाडी तथा प्रशिक्षकको क्षमता अभिवृद्धि, दुवै देशबीच मैत्रीपूर्ण तथा प्रतिस्पर्धात्मक खेलहरुको आदान–प्रदान तथा नेपाली खेलाडी र विद्यार्थीलाई छात्रवृत्ति सहयोगमा ‘रसियानेपाल खेलकुद सहयोग कार्ययोजना २०२२–२०२३’ फलदायी हुनेमा विश्वास व्यक्त गरे । आगामी दिनमा यो कार्ययोजनालाई थप विस्तार गर्दै लग्नुपर्नेमा मन्त्री गहतराजले जोड दिएका थिए ।
भेटकै क्रममा मन्त्री गहतराजले रसियाका खेलकुदमन्त्रीलाई नेपाल भ्रमणको औपचारीक निमन्त्रणासमेत दिए ।
मन्त्रालयका सचिव डा.दामोदर रेग्मीसहित रुसको भ्रमणमा रहेका मन्त्री गहतराज असार ३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।