ओमनमाथि नेपालको सानदार जित

120

काठमाडौँ, १ असार । आइसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा जारी त्रिदेशीय श्रृंखलामा नेपालले ओमानलाई सात विकेटले पराजित गरेको छ ।

मंगलबार राति टेक्ससस्थित मोसा क्रिकेट मैदानमा ओमानले दिएको १६४ रनको लक्ष्य नेपालले ३३ ओभर १ बलमा मात्र तीन विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको जितमा ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलले ११४ रनको साझेदारी गरे । आसिफले ६२ रन बनाए भने कुशल ५६ रनको योगदान गरे ।

यस्तै, देव खनाल १०, रोहित पौडेल २६, रन बनाएर आउट भए । ओमानका फायज बुटले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ४६ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १६३ रनको लक्ष्य नेपाललाई प्रस्तुत गरेको थियो । ।

ओमानका लागि कप्तान जिशन मक्सुदले सर्वाधिक ५२ रन बनाए । यस्तै, सन्दीप गौडले ४७ रनको योगदान गरे ।

ओमानलाई सस्तैमा समेट्न करण केसीले ५ र कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए ।

जितसँगै नेपालले १५ खेलमा १५ अंक जोडेर पाँचौँ स्थानमा छ । ओमान ३६ खेलमा ४४ अंक जोडेर शीर्ष स्थानमा यथावत छ ।

Share This:
सम्बन्धित खबर
Loading...