फोहोर व्यवस्थापनका लागि १८ बुँदे सहमति, आजदेखि काठमाडौँको फोहोर उठ्ने

170

काठमाडौँ, २७ जेठ । काठमाडौँ उपत्यकाको फोहोरमैला व्यवस्थापनका बारेमा मध्यरातमा १८ बुँदे सहमति भएको छ ।

काठमाडौँको फोहोर राति मात्रै व्यवस्थापन गर्नेदेखि प्रभावित क्षेत्रका बासिन्दालाई क्षतिपुर्ति दिनेलगायत सम्झौता भएपछि शुक्रबादेखि अवरोध नहुनेसमेत भएको छ ।

‘काठमाडौँ महानगरपालिकाबाट बञ्चरे डाँडा कुडुँलेसम्म फोहोर ढुवानी गर्ने कार्य दीर्घकालीन रुपमा रातिको समयमा गर्ने, रातिको समयमा आवाश्यक पूर्वाधार बत्ती तथा बाटोको निमार्ण तथा व्यवस्थापन महानगरपालिकाले तीन महिनाभित्र गर्ने’ सहमति पत्रमा उल्लेख छ, ‘सिसडोल तथा बञ्चरे डाँडामा फोहोरको दुर्गन्ध नआउने गरी काठमाडौँ महानगरपालिकाले एक महिनाभित्र व्यवस्थापन गर्ने ।’ सहमति पत्र अनुसार फोहोर बोक्ने गाडीबाट बाटोमा लिच्चड नचुहिने व्यवस्था एक महिनाभित्र मिलाउने जिम्मेवारी महानगरपालिकालाई दिइएको छ ।

प्रभावित क्षेत्र आवतजावत गर्ने तीन पिप्ले गल्छी वैकल्पिक राजमार्गका लागि नेपाल सरकारसँग अनुरोध गर्नेदेखि तीन पिप्ले–बञ्चरे डाँडासम्मको फोहोर ढुवानी गर्ने सडकको नाममा जग्गाको लागत कायम गर्न पहल गर्नेलगायत १८ बुँदे सहमति भएपछि काठमाडौँ उपत्यकाको फोहोर आजदेखि उठने भएको हो ।

सम्झौता पत्रमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह, उपमेयर सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडयाल, ककनी गाउँपालिका १ नम्बरका वडा अध्यक्ष पदमबहादुर श्रेष्ठ बलामी, तिलकबहादुर लामासहित धुनीवेसी नगरपालिकाका वडा अध्यक्षहरु श्रीमानबहादुर तामाङ, प्रकाश हमाललगायतल हस्ताक्षर गरेका छन् ।

Avatar

Avatar

Share This:
सम्बन्धित खबर
Loading...